साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

ameriki cybER ATTACTअम्बिका चन्द/काठमाडौं, असार १४ः कम्युटर प्रणाली प्रभावित पार्ने ठुलो साइवर आक्रमणको हल्ला सेलाउन नपाउदै फेरि अर्को ठूलो मात्रामा साइवर हमलामा नेपाल पनि परेको छ । खासगरी नेपालको राहदानी विभाग र अन्य कम्पनीका वेवसाइटहरु आक्रमणमा परेका हुन् । राहदानी विभाग निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ । युक्रेनबाट शुरु भएको साइवर आक्रमणमा त्यहाँकै उर्जा कम्पनी, केन्द्रीय बैंक, विमान, हुलाक प्रभावित भएको बताइएको छ । यस्तै डेनमार्कमा जहाज कम्पनी निकै प्रभावित भएको छ भने अमेरीका पनि साइवर आक्रमणमा परेको छ । यस्तै रुसको तेल कम्पनी र संसारकै ठूलो तेल कम्पनी डब्ल्यू. पि.पि. पनि प्रभावित भएको छ ।
कम्प्युटर प्रणालीमा आक्रमण गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिइ पैसा माग्ने र पैसा तिरेपछि मात्र नियन्त्रण मुक्त गर्ने प्रणालीलाई साइवर आक्रमण भनिन्छ । यस्ता ह्याकरहरु शक्तिशाली रहेको र अनुसन्धान भइरहेको इन्टरपोलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :