सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

phoot112-596a324b077437.34794756-1-585x285रोतो खबर संवादाता / विरगंज, साउन १ : तराईको आन्दोलनमा मारिएका पकाहा, मैनपुरका शत्रुधन पटेलको शालिक अनावरण कार्यक्रम सनिबार सहिद परिवारले अवरोध गरेपछि कार्यक्रम नै स्थगित भएको छ । राजपा नेता महन्त ठाकुर प्रमुख अतिथि भएर त्यहाँ जाँदै थिए । सहिद परिवारले विरगंज प्रहरीलाई लिखित उजुरी गर्दै आफूलार्ई अपमानित गरेकाे आरोप लगाएका थिए । उनीहरुले सहिदको मुख्य मुखाकृति नमिलेको, शालीक बनाउँदा परिवारसँग समन्वय नगरेको र कार्यक्रम बनाउँदासम्म थाहै नदिएको र राजनीतिक फाईदा लिन सहिद परिवारसँग खेलबाड मात्र गरेको आरोप लगाएका छन् । यो घटनालाई तराईमा राजपाको घद्दो शाखका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :