सहिद निरकुमार राईको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न


दाङ : असार २९ गते देशभर सगरमाथा व्युरो सदस्य तथा ओखलढुङ्गाका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को सम्झनामा श्रद्धाञ्जली सभा गर्ने नेकपाको पूर्व घोषित केन्द्रीय कार्यक्रम अनुसार श्रद्धाञ्जली सभा कार्यक्रम दाङको ९ नम्बर, ८ नम्बर र ३ नम्बर एरिया गरी जिल्लाको ३ ठाउँमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ ९ नम्बर एरियाको आयोजनामा भएको श्रद्धाञ्जली सभामा नेकपाका जिल्ला सदस्यहरु रुद्र वली र विजय मल्लले बोल्नु भएको थियो । यस्तै ८ नम्बर एरियाको आयोजनामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य पोषण र सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले र ३ नम्बर एरियामा एरिया इन्चार्ज भिमप्रकाश र सेक्रेटरी निर्मल लगायतले बोल्नु भएको बताइएको छ ।

सभा कार्यक्रममा बोल्दै वक्ताहरुले एकीकृत जनक्रान्तिको दौरानमा उच्च शहादात प्राप्त गर्ने सगरमाथा व्युरो सदस्य तथा ओखलढुङ्गाका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त पनि गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका युवा तिर्थ घिमिरे ‘राजु’लाई केपी बादलको गृह प्रशासनले गिरफ्तार गरी हत्या गरेको थियो । राजुको हत्यामा संलग्न मुख्य घुमुवा प्रहरी सञ्जिव राईसँगको प्रतिरोध संघर्षमा सहादत हुनु भएका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुङ्गाका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को नेकपाले आइतबार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरिएको खबर प्राप्त भएको छ ।

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :