सहिदको सपना पूरा गर्न लामबद्ध हौं – महासिचव विप्लव


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार विज्ञप्ति निकाली काण्डै काण्डमा मुछिएको वली सरकारले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यस एकीकृत जनक्रान्तिको रगत पसिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मानव जातिको मुक्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् त्यसमा सबै भन्दा महान र स्वाभिमान सहिदहरु नै हुन । तर शान्ति प्रक्रियामा आएपछि उनीहरुप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौं । जनयुद्धका सहिदहरुको रगतमाथि एकीकृत जनक्रान्तिका महान सपुतहरुको रगत मिसिएको छ ।’

महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘काण्डै काण्डमा मुछिएको वली सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी तत्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुने सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :