नेकपाको सल्यानमा २ सय भन्दा बढी सङ्गठन निर्माण

सल्यान : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कार्यक्रम अन्तर्गत सल्यानमा २ हजार भन्दा बढिको सदस्यतामा विभिन्न समिति गठन गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा अभियान जारी राखी नेकपाले समिति गठन गरिरहेको हो ।

अहिले सम्म जिल्लामा नेकपाले २ सय भन्दा बढि समिति गठन गरिसकेको जनाएको छ । जस्मा २ हजार भन्दा धेरै सदस्य रहेको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान रुकुम अभियानका प्रमुख चिरण पुनले बताए ।

जिल्लामा अभियानको पहीलो चरण जिल्लाको बागचौर नगरपालीका, दार्मा गाउँपालिका, कुमाख गाउँपालीका, कपुरकोट गाउँपालीका र छत्रेश्वरी गाउँपालीका सम्पन्न भएको छ । यी स्थानीय तहमा मात्रै २ सय भन्दा धेरै कमीटि निर्माण गरिएको नेकपा सल्यानका इन्चार्ज डिल्ली राज शर्मा विश्ले बताए । दोस्रो चरण सुरु गरी अन्य स्थानीय तहमा कमिटी गठन गर्न थालिएको उनले बताए ।

जिल्लामा अहिले सम्म नगरसमिति, गाउँसमिति, वडा समिति र टोल इकाई समिति गठन गरिएको छ । केही पुराना र धेरै जसो नयाँ समिति निर्माण गरिएको इन्चार्ज विश्ले बताए । समिति मध्यका नेकपाले पार्टी समिति र जनबर्गिय सङ्गठन निर्माण गरिएको जनाइएको छ ।

जनवर्गीय सङ्गठनमा जनसत्ता, युंवा सङ्गठन, महिला सङ्गठन, दलित सङ्गठन, जनजाती सङ्गठन, किसान सङ्गठन, बुद्धिजीवी र शिक्षक सङ्गठन निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ । अभियानमा नेकपाका केन्द्रीय सदस्य मिलन, दैलेख जिल्ला विवेक, सल्यान जिल्ला इन्चार्ज विश्व, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन लगायत जिल्लाका अन्य नेताहरुले सङ्गठन विस्तारलाई तीव्रता दिइरहेका छन् ।

२०७५ माघ २९ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :