सर्वोच्चको रिहा लगत्तै नेकपा नेता जीवन्त अदालत परिसरबाटै पुनः गिरफ्तार


काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई चैत २४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो ।
नेता कार्की विरुद्ध संखुवासभामा अर्को मुद्दा भएको भन्दै पुनः गिरफ्तार गरिएको प्रहरीले बताएको छ । उक्त मुद्दामा अनुसन्धान गर्नु पर्ने भएकाले गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए ।

संखुवासभाबाट पत्र प्राप्त आएकोले गिरफ्तार गरिएको भन्दै प्रहरीले संखुवासभा लगेको छ । नेता जीवन्तलाई यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत मुद्दा लगाएको थिए । अदालतले उक्त आरोप पुष्ट नभएको बताउँदै रिहा गर्न आदेश दिएको थियो । तर संखुवासभामा भने प्रहरीले कार्की विरुद्ध हातहतियार तथा खरखजना मुद्दा अगाडि बढाउने तयारी गरेको छ ।

२०७५ चैत २५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :