सर्लाहीमा जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ : सर्लाहीको पीपलदमारमा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ब्युरो सदस्य सचिन गोपालले सम्बोधन गरेका थिए भने सञ्चालन विकल्पले गरेका थिए ।

वक्ताहरूले महान् जनयुद्धका मूल्यमान्यताबाट स्खलित प्रतिक्रान्तिकारी, आत्मसमर्पणवादी र सुधारवादीहरूले जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लिलाममा बिक्री गरेको बताए । उनीहरूलाई एकीकृत जनक्रान्तिको सङ्ग्राामबाट खबरदारी गरिने पनि वक्ताहरूले बताए । महान् जनयुद्धमा बगेको रगत, पसिना र आँसुको अधुरो सपनालाई पूरा गरिछाड्ने दृढ प्रतिबद्धता सचिन गोपालले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :