सरोकारवालाहरु भन्छन्, ‘माथिल्लो कर्णाली आयोजना देशकै लागनीमा निर्माण गर्नुपर्छ’

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले माथिल्लो कर्णाली आयोजना राष्ट्रघाती भएको भन्दै खारेजी गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले माथिल्लो कर्णाली आयोजना देशकै लागनीमा निर्माण गर्नुपर्ने धारणा राखेका छन् । 
त्यसैगरी कार्यक्रममा बोल्दै जलविज्ञ तथा पूर्वमन्त्री दिपक ज्ञवालीले विहार र उत्तर प्रदेशमा सिँचाइ गर्नकै लागि माथिल्लो कर्णाली कब्जा गर्न लागेको दाबी गरेका छन् । ज्ञवालीले विश्वव्यापी खानेपानी र सिंचाईको लागि पानीको संकट गहिरिदै गएकोले भारत उर्जाको आवश्यकता पूर्ती गर्न आणविक भट्टीमा जन सम्भव भएपनि पेट्रोलबाट सिँचाइ नहुने भएकैले माथिल्लो कर्णाली कब्जा गर्न लागिएको हो ।
जलस्रोत विज्ञ रत्नसंसार श्रेष्ठले माथिल्लो कर्णाली आयोजना जलाशययुक्त बनाउँदा पश्चिम तराई सिँचाई गरेर हराभरा बनाउन सकिने बताएका छन् । उनले माथिल्लो कर्णाली निर्माण गर्नेभन्दा पनि भारतले लाइसेन्स कब्जा गरेर बस्न चाहेको धारणा राखेका छन् । 
कार्यक्रममा जलस्रोत एवम् सीमा अभियन्ता रतन भण्डारी, नेकपा (माले) की नेतृ दुर्गा पौडेल, डम्वर श्रेष्ठ, राष्ट्रिय जागरण परिषद्का साध्यबहादुर भण्डारी, दैलेखका सांसद राजबहादुर बुढालगयातले माथिल्लो कर्णाली खारेज गरेर देशकै हितमा निर्माण गरिनुपर्ने धारणा राखेका थिए ।
२०७६ भदौ २२ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :