सम्पर्क मञ्चद्वारा काठमाडौँका विभिन्न ठाउँमा जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले शुक्रबार काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ ।

शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरिरहेको बेला आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

नेकपाको उक्त केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मन्चले काठमाडौँका विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन गरेको होे । जुलुसको नेतृत्व मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले गरेका थिए । उक्त कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर पनि सहभागि भएको संगठनका केन्द्रीय सदस्य प्रधानले बताएका छन् ।

असोज ३० गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० गते गिरफ्तार गरेको थियो ।

उक्त गिरफ्तारीको विरुद्ध नेकपाले देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो । यसैक्रममा कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले जनाएको छ ।

२०७६ कार्तिक १६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :