सभामुख महराले पदबाट राजीनामा दिए

 

काठमाडौं : महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रबाटै दबाब बढेपछि राजीनामा दिएका हुन् । महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका थिए ।

राजीनामा पत्र..

२०७६ असोज १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :