सचिवालय सदस्य विकसहित ४ जना गिरफ्तार, तत्काल रिहा गर्न अखिल (क्रान्तिकारी)को माग


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, जनअधिकार र राष्ट्रियताको रक्षाको पक्षमा आवाज उठाउँदा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र नविन खड्कालाई नवलपुरबाट र केन्द्रीय सचिवालय सदस्य तथा भेरी–कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक प्रकाश विकलाई नेपालगञ्जबाट शुक्रबार केपी पिकेहरुको सामाजिक दलाल फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गिरफ्तार गरेको घटनाको घोर भत्र्सना एवंम निन्दा गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरजन्जीवी ढकालले शनिबार विज्ञप्ति निकाली गिरफ्तार परेका विरेन्द्र विक, शारदा भण्डारी, नविन खड्का र प्रकाश विकलाई तत्काल स–सम्मान विनासर्त रिहाई नगरे देशव्यापी कडा प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालमा दलाल पुँजीवादी राज्यसत्ता र त्यसको जगमा बनेको दलाल पुँजीवादी शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाको निमित्त अनवरत रुपमा जीवन मरणको संघर्षमा रहेको विषय सर्वविदितै छ । अहिले हाम्रो देशमा कायम विश्व निगम पुँजीको प्रतिनिधि दलाल पुँजीवादी राज्यसत्ताले नेपाली जनतामाथि बेलगाम लुटखसोट र उत्पीडन गरिरहेको छ । गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, जनअधिकार र राष्ट्रियताको रक्षाको पक्षमा आवाज उठाउँदा यो सामाजिक दलाल फासिवादी सरकारले बन्दुक र बुटको आडमा दबाउने दुश्प्रयास गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षे.स.स. संयोजक क. विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र क. नविन खड्कालाई संगठनको काममा क्रियाशील रहँदै गर्दा नवलपुरबाट र केन्द्रीय सचिवालय सदस्य तथा भेरी–कर्णाली क्षे.स.स. संयोजक क. प्रकाश विकलाई नेपालगञ्ज, बाँकेबाट केपी पिकेहरुको सामाजिक दलाल फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले हिजो मिति २०७६ असोज १० गते गरेको गैह्रन्यायीक गिरफ्तारीको हाम्रो संगठन घोर भत्र्सना एवंम निन्दा गर्दछ । साथै गिरफ्तार कमरेडहरुलाई तत्काल विना सर्त रिहा गर्न पनि जोडदार माग गर्दछौं ।’

अध्यक्ष ढकालले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘दमन र गिरफ्तारीको सहाराले आफ्नो लुटको स्वर्ग बचाउन खोजिराखेको दलाल पुँजीवादी सरकारलाई हामी चुनौती दिन्छौं कि उनीहरुका हरेक प्रकारका जालझेल, षड्यन्त्र र दमनहरुले जनताको आन्दोलन र विजयलाई रोक्न सक्ने छैन । देशव्यापी रुपमा गरिएको हाम्रो संगठनमाथिको दमन तत्काल बन्द गर्न र गिरफ्तार सबै कमरेडहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वंम सामाजिक दलाल फासिवादी सरकार नै हुने विषय स्पष्ट गर्दछौं । साथै राजनैतिक आस्थाको आधारमा अखिल (क्रान्तिकारी)माथि गरिएको राज्य दमनको देशव्यापी कडा प्रतिरोध गर्न पनि हाम्रो संगठन सम्पूर्ण युवा विद्यार्थीहरुलाई आह्वान गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :