संसदवादी खेमामा दर्शन र नैतिकताको मृत्यु

 सरकारी दमनको प्रतिरोध गर्न विप्लवको अपील
 नेकपा, वैद्य माओवादी र सर्वसाधारण गरी सयौं गिरफ्तार

Rukh and sasia hatouda 123

 रातो खबर संवाददाता/काठमाडौँ  बैशाख २८, संसदीय दलहरुले आफ्नो घोषित मूल्य र नैतिक धरातलको विरुद्ध गएर चुनावी गठबन्धन गरेका छन् । पुँजीवादी प्रजातन्त्रको ठेकेदार दाबी गर्दै आएको कांग्रेस र साम्यवाद तथा सर्वहारा वर्गको गीत गाउँदै गरेको नेकपा (माओवादी केन्द्र) का बीचमा गठबन्धन भएको छ । त्यसैगरी नेकपा (एमाले) र राजावादी, हिन्दु धर्मवादी, सामन्ती विरासत र आदर्श बोकेको राप्रपाका बीचमा गठबन्धन भएको छ । यसलाई दर्शन र आदर्शको मृत्यु भएको निष्कर्ष निकालिएको छ । औपचारिक अर्थमै भएपनि वैचारिक राजनीतिक रुपमा गम्भीर आरोप–प्रत्यारोप लगाउने गरेका दलहरुबीचको अप्रत्यासित सम्बन्धलाई संसदीय दलहरुको नैतिकताको ह्रास र अनैतिकताको पराकाष्ठाको रुपमा हेरिएको छ । नेपालका संसदीय दलहरु साम्राज्यवाद मूलतः भारतीय साम्राज्यवादको दलालका रुपमा बदनाम छन् । यो कुनै मिथ्या आरोप मात्र नभएर ओपन सेक्रेट अथवा ‘फाटेको जालैले छेकेको, छेकेपनि छर्लङ्गै देखेको’ भनेझैं छ । सत्तास्वार्थ र शक्ति केन्द्रको निर्देशनअनुसार उनीहरु जे पनि गर्न, पिपलको पात झैं फर्किन, पल्टिन तयार हुन्छन् भन्ने कुरालाई यसले पुष्टि गरेको छ ।

प्रचण्ड–देउवा अनैतिक गठबन्धन सरकारले संसदीय चुनावको शान्तिपूर्ण विरोध कार्यक्रम समेत विथोल्ने, पक्राउ गर्ने, झुट्ठा मुद्दा लगाउने गरेको छ । देख्दा बाघजस्तो भएपनि कमजोर र आतंकित सरकारले राजनीतिको ज्ञान र कुनै दलमा नभएका सयौं सर्वसाधारणलाई गिरफ्तार गरेको छ । उसले चुनावमा भाग लिएको नेकपा (क्रान्तिकारी माओवादी) का नेता, कार्यकर्ता र उमेदवारसमेतलाई गिरफ्तार गरेको छ । प्रहरीले सरकारको विरोधमा बोल्न, लेख्नसमेत प्रतिबन्ध लगाएको छ । नेपालमा अहिले संसदीय फासिवादको अभ्यास भइरहेको छ । नेकपाका महासचिव विप्लवले आइतबार अपरान्ह एक वक्तव्य जारी गर्दै आइतबारसम्ममा दुईजना केन्द्रीय सदस्यसहित १५० जनाभन्दा बढी गिरफ्तार गरेको बताउनुभएको छ । मंगलबारसम्म त्यो संख्या दुईसय नाघिसकेको छ । सरकारले शान्तिपूर्ण विरोध र आलोचनालाई बल प्रयोग गरेर रोक्ने, मुख थुन्ने र कलम भाँचेर निरङ्कुशता लाद्ने धृष्टता गरेको छ । त्यसप्रकारको दमनबाट नझुक्न नथाक्न, त्रसित नहुन र दलाल तत्वहरुको प्रतिरोध गर्न महासचिव विप्लवले आफ्ना कार्यकर्ता, देशभक्त र आम जनतालाई अपील गर्नुभएको छ । सरकार र प्रहरीको हर्कत हेर्दा २०५२ साल आसपासको झल्को आउँछ । जतिबेला तत्कालीन माओवादीका शान्तिपूर्ण कार्यक्रम र सञ्चारमाथिसमेत आक्रमण गरिएको थियो ।

महासचिव विप्लवले जारी गर्नुभएको वक्तव्यको पूर्ण पाठमा भनिएको छ – हाम्रो पार्टी स्थानीय चुनावको खारेजी अभियानमा रहेको सबैलाई जानकारी नै छ । सो खारेजी अभियानमा रहेका नेता तथा कार्यकर्तालाई संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इन्चार्ज क. सन्देश पौडेल र बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दीया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, सल्यान, धादिङ, पर्वत, महोत्तरीलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई युद्धकालमा जस्तै झुठ्ठा मुद्दा लगाएको छ । कैयौंलाई यातना दिएको छ र बेपत्ता पारेको छ । हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही दमनको कडा भत्र्सना गर्दछौं । सथै गिरफ्तार गरिएका कमरेडहरुलाई विनाशर्त मुक्त गर्न जोडदार माग गर्दछौं । अन्यथा दमनबाट उत्पन्न हुने प्रतिरोध संघर्षको जिम्मेवार प्रचण्ड सरकारनै हुनुपर्नेछ । अन्त्यमा हामी सबै पार्टी पङ्क्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजिवि नागरिकहरुलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्य आतङ्कको प्रतिरोध गर्न अपिल गर्दछौं । हामीले दुःख, कष्ट व्यहोरेर भएपनि देश र जनतालाई विदेशी दलाल तथा जनविरोधी तत्वहरुको उत्पीडनबाट जोगाउने आँट गर्नैपर्छ । धन्यवाद !

राताे खबर साप्तािहकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :