संकटकाल जस्तै मध्यपश्चिममा सेनाको जासुसी विमान उडाउँदै, जनता त्रसित

रातो खबर संवाददाता दाङ : भर्खरै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक पारेपछि यहाँका सच्चा देशभक्तहरुले भारतद्वारा मिचिएको जमिन भारतलाई फिर्ता गर भनी शहर, सडक र गाउँ आन्दोलित भइराखेको अवस्थामा नेपाली सेनाको जासुसी विमान संकटकाललाई सम्झाउने गरी मध्यपश्चिमका पहाडी तथा तराई क्षेत्रमा दिनदिनै उडाइरहेको छ । सेनाको जासुसी विमानले यसरी त्रसित पार्दै उडान गर्दा दाङ, अर्घाखाँची, पाल्पा, रोल्पा, गुल्मी, प्यूठानका जनता त्रसित भइराखेका छन् । सडकमा जनताले नेपाली भूमिको रक्षाकालागि सेना र पुलिस सिमानामा जाउ भन्ने नारा लगाउँदै गर्दा यसरी शाहीकालको जस्तो सेनाले फैलाएको आतङ्कलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । साथै सरकारले राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्न यो खालको आतङ्क फैलाउन खोजिरहेको छ ।

२०७६ कार्तिक २४ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :