श्रेष्ठको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’का बुबा गिरिबहादुर श्रेष्ठको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदागराउँदै जेठ ३१ गते शुक्रबार काठमाडौँमा निधन भएको थियो । महासचिव विप्लवले वक्तव्यमा शोकाकुल पुष्करलगायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । गिरिबहादुर श्रेष्ठ महान् जनयुद्धमा तत्कालीन राज्य सत्ताबाट बेपत्ता बनाइएका हेमनारायण श्रेष्ठका बुबासमेत हुनुहुन्थ्यो ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘वर्तमान केपी–पीके कम्पनीको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको छ । कमरेड पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको छ । बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नु भएको तर उहाँको अन्तिम इच्छालाईसमेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रूरता र निचताको पराकाष्ठा प्रदर्शन गरेको छ । मानवीय संवेदनशीलतामा समेत क्रूरता प्रदर्शन गर्ने केपी–पीके कम्पनीको यस्तो क्रियाकलापप्रति हामी खेदसमेत प्रकट गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :