बम विस्फोट हुँदा श्रीलंकामा २ सय ९० को मृत्यु, ५ सय बढी घाइते

काठमाडौँ : श्रीलंकामा भएको बम विस्फोटमा परी दुई सय ९० जनाको मृत्यु भएको बताइएको छ । गिर्जाघर र होटलहरुमा भएको शृङ्खलाबद्ध ६वटा बम विस्फोट भएका थिए ।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए । देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको र त्यहाँ दुई प्रहरीको मृत्यु भएको बताइएको छ । आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो ।

श्रीलंका प्रहरीका प्रवक्ताले विस्फोटमा परी २०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको बताएका थिए । उनले केही व्यक्ति गम्भीर घाइते भएकोले अझै बढ्न सक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । समाचार संस्था एएफपीका अनुसार घटनामा ३५ जना विदेशी नागरिकको मृत्यु भएको छ भने बम विस्फोटमा परी पाँच सयभन्दा बढी व्यक्तिहरु घाइते भएको श्रीलंका प्रहरीले बताएको छ ।
विस्फोटनमा नेपाली परेको अहिलेसम्म पुष्टि भएको छैन । तर, घटनाको केही समयअघि मात्रै विस्फोट भएको सांङ्ग्रिला होटलबाट नेपाली निस्किएको बताइएको छ । विस्फोटपछि श्रीलंका सरकारले कफर््यु लगाएको छ, भने आक्रमणकारीको खोजी भइरहेको छ । बीबीसीका अनुसार घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ ।

अधिकांश विस्फोटहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटा समूहले गराएको श्रीलंका सरकारले बताएको छ । सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन् । घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए । उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताए ।
त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाप्रति निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन् । आइतबार साँझबाट देशैभरी लागु हुने गरी लगाइएको कर्फ्यू सोमबार फिर्ता लिइएको छ । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए । सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए ।

२०७६ वैशाख ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :