शैक्षिक बिकृति र राष्ट्रघात विरुद्ध संघर्ष छेड्ने उद्घोषसहित अखिल (क्रान्तिकारी)द्वारा ललितपुर जिल्ला सम्मेलन सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ललितपुरको २४औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सरकारको ‘प्रतिबन्ध’लाई चिर्दै मंसिर २४ मा उद्घाटनपछि बन्दसत्रसहित जिल्लाभित्र बुधबार सम्पन्न सम्मेलनले अखिल (क्रान्तिकारी)को २१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ । अध्यक्षमा अग्रिमको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरिएको हो ।

उपाध्यक्षमा निर्माण, सचिवमा अनुपम, सहसचिवमा निश्चल र कोषाध्यक्षमा मिसन निर्वाचित भएका छन् । नयाँ कमिटी निर्वाचितसँगै निवर्तमान अध्यक्ष विनोद लुँइटेललाई बिदाई गरियो ।

सम्मेलनको प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाही थिए । अतिथिहरुमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्द, जनवर्गीय संगठनका जिल्ला फ्याक्सन इन्चार्ज प्रतिवद्ध र अखिल क्रान्तिकारीका उपत्यका संयोजक हर्क बिक उपस्थित थिए ।

वर्तमान दलाल पुँजीवादी सत्ता र आत्मसमर्पणवादी सरकारले शिक्षा जस्तो नागरिकको मौलिक हकलाई माफियाको चंगुलमा परी तीव्र रुपमा निजीकरण र व्यापारीकरण गराइरहेको भन्दै त्यसलाई शैक्षिक आन्दोलनले चिरेर वैज्ञानिक शिक्षा प्रणालीलाई सर्वसुलभ र सहज बनाउने उद्घोषण सम्मेलनले गरेको संगठनले जनाएको छ ।

प्रमुख अतिथि महासचिव शाहीले नेपालमा विद्यमान व्यापारिक र नाफाखोरमूलक शिक्षालाई विस्थापित गराई देश र माटो सुहाउँदो व्यवहारिक र वैज्ञानिक शिक्षा लागु गर्न नयाँ कमिटीले महत्वपूर्ण योग दिनेमा विश्वास लिएको बताए ।

अतिथि चन्दले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई वर्तमान सामाजिक दलाल पुँजीवादी सत्ताले नागरिकको पहुँचबाट खोसेर दलाल र माफियाको पोल्टामा सुम्पेर नाफाखोर बनेकोले लाखौं विद्यार्थी र अभिभावक चर्को मूल्य तिर्न बाध्य भएको बताउँदे त्यसलाई भत्काएर निशसल्क रुपमा वैज्ञानिक शिक्षा र निशुल्क स्वासथ्योपचारको व्यवस्था लागू गर्न जस्तोसुकै संघर्ष गर्न नयाँ टिम तयार हुनुपर्ने धारणा राखे ।

प्रमुख अतिथि शाही र अतिथि चन्द लगायत अतिथिहरुले एकीकृत जनक्रान्तिमा विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहने बताउँदै निर्वाचित नयाँ कमिटीलाई बधाई र सफल कार्यकालको लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :