शिक्षा र स्वास्थ्यमाथि गरिएकाे माफियाकरणकाविरुद्ध विराेध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कैलालीको धनगढीमा शिक्षा र स्वास्थ्य माथि गरिएको व्यापारिकरण, भ्रष्टाचारीकरण र माफियाकरणका विरुद्ध विराेध प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सचिव महेश पातलीको सञ्चालनमा संगठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह लगायतका नेताहरुले कोण सभालाई सम्बोधन गरेका थिए । सयौं विद्यार्थीहरुको सहभागितामा सुरु भएको बिरोध र्याली कोण सभामा परिणत भएको थियो । बिरोध प्रदर्शन कार्यक्रममा पार्टीका जिल्ला स्तरीय नेताहरुको समेत सहभागी रहेको थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजङ्ग सिंहले कोण सभालाई सम्बोधन गर्दै भने, ‘वर्तमान सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई निजीकरण गरिरहेको छ, यसलाई राष्ट्रियकरण गर्नको निम्ति संगठनले जस्तोसुकै मुल्य चुकाउन परे पनि तयार छौं र यो महाअभियानमा सहभागी हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :