वैद्य र प्रचण्ड छोडेर विप्लवतिर, सिन्धुलीमा क्रान्तिकारी ध्रुवीकरण तीव्र

   सिन्धुली  : जिल्लामा क्रान्तिकारी ध्रुवीकरण तीव्र भएको छ । फागुन ८ गते भालुभन्ज्याङ १ मा पार्टी ध्रुवीकरण तथा पूर्णकालीन कार्यकर्ता घोसणा कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य तथा गोलन्जर इलाका अध्यक्ष मुक्ति पहाडी, सोही पार्टीको युवा सङ्गठनका संयोजक तथा जिल्ला समिति सदस्य राजीव सुनुवार, प्रचण्ड समूहका गोलन्जर गापा ( साबिक डुँडभन्ज्याङ) वाईसीएल अध्यक्ष उदय अछामी, नेकपा ( क्रामा) गोलन्जर गापा १ का युवा सङ्गठनका संयोजक कृष्ण श्रेष्ठ, प्रचण्ड समूहका दुधौली नपा सदस्य भरत खड्का विप्लव नेतृत्वको ने.क.पा. मा प्रवेश गरेका छन ।

त्यसैगरी २०५८ मा घोषित सिन्धुली जनसरकारका प्रमुख मुक्ति पहाडी, जिल्ला सदस्य रमेश चौहान, वडा प्रमुख राजन चौहान पनि नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरेर ने. क. पा. मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश तथा पूर्णकालीन कार्यकर्ता घोषणा कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् । मुक्ति पहाडी, राजीव सुनुवार, उदय अछामी, कृष्ण श्रेष्ठ, भरत खड्का र कमला रानालाई पूर्णकालीन कार्यकर्ता घोषणा गरिएको छ । मुक्ति पहाडी २०५६ सालकै पूर्णकालीन कार्यकर्ता हुन् ।

गोलन्जरमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति ने.क.पा. की पीबीएम तथा जनकपुर अभियानकी कमान्डर उमा भुजेल ‘शिलु’ ले क्रान्तिकारी ध्रुवीकरणमा आएका कार्यकर्ताहरूलाई स्वागत गरेकी थिइन् । उक्त कार्यक्रमको अध्यक्षता मौसम राई, सञ्चालन राजन बस्नेत, स्वागत गोपाल तामाङ र मन्तव्य दिनेश सारुले राखेका थिए ।

कार्यक्रममा राजीव सुनुवार, मुक्ति पहाडी र शङ्कर थापाले अनुभूति मन्तव्य राखेका थिए । त्यसैगरी फागुन १९ गते गोलन्जर १ सिमलटारमा भएको ध्रुवीकरण कार्यक्रममा वैद्य र प्रचण्ड समूहका सयौँ कार्यकर्ता ने.क.पा. मा प्रवेश गरेको खबर छ ।

२०७५ फागुन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :