विवादास्पद प्रलेसबाट सामुहिक राजीनामाको अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा स्वागत (विज्ञप्तिसहित)


काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महसंघका अध्यक्ष माइला लामाद्वारा चैत २० गते विज्ञप्तिमार्फत प्रलेसबाट सल्लाहकार, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरू तथा राष्ट्रिय परिषद्हरुले राजीनामा दिएकाेमा स्वागतयाेग्य रहेकाे भनिएकाे छ । पार्टीको सांस्कृतिक नीतिअनुरुप प्रगतिशील लेखक संघको १०औं राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा पार्टीको तर्फबाट उठाइएका राजनीतिक, वैचारिक, सांगठनिक, आन्दोलन संघर्ष, नीति नेतृत्व र सिर्जनासम्बन्धी प्रश्न अग्रभागमा रहेको भन्दै ९औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष अमर गिरीसहित पदाधिकारीसमक्ष संगठनको तर्फबाट ३१ बुंदे सुझावपत्र पनि प्रलेसको केन्द्रीय कार्यालयमा दर्ज गरेको सन्दर्भलाई विशेष स्मरणीय रहेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली राजनीतिमा आएको पछिल्लो वस्तुगत बदलावसँगै सैद्धान्तिक र व्यावहारिक रुपमा नै प्रलेसको सहकार्यलाई निरन्तरता दिन असहज र अनपयुक्त हुने पार्टीले नीति निर्देश गरेअनुसार संगठनको तर्फबाट चैत २० गतेदेखि प्रगतिशील लेखक संघको कुनै पनि तहमा रहेर सहकार्य गर्न असमर्थ रहेको जानकारी पनि विज्ञप्तिमार्फत गरेको छ । कार्यनीतिको अधिकतम उपयोग गर्ने प्रयास गरेको कारण भूइँतहदेखि नै स्रष्टा कमरेडहरुको विशाल पंक्ति पनि खडा हुँदै हाम्रो कार्यनीतिक लचकताको नाममा रणनीतिको बलिदान गर्नु सही नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको अन्त्यमा प्रगतिशील लेखक संघमा रहेर संगठनको तर्फबाट प्रतिनिधित्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेर सल्लाहकारहरु, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरु तथा राष्ट्रिय परिषद् सदस्यहरु सबै स्रष्टाहरुलाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त पनि गरिएको छ । विज्ञप्तिको पूर्णपाठ….२०७५ चैत २१ गते विहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :