विधार्थीका भक्तपुर अध्यक्ष र उपाध्यक्ष गिरफ्तार

 

काठमाडौं : अखिल (क्रान्तिकारी) भक्तपुरले जिल्ला उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गिरफ्तारप्रति संगठनले घोर भर्त्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरले सुक्रबार  विज्ञप्ति जारि गरी रिहाइको माग समेत गरेको हो।

बिज्ञप्तिमा जनाइएसुक्रबार  अनुसार, उपाध्यक्ष बुढा आफ्नै कोठामा अध्यन गरिरहेको अवस्थामा गिरफ्तार गरेको र उनले खाना पकाउने कुकर प्रेसरलाई बम भनि झुट्टा मुद्दा लगाएको समेत संगठनले आरोप लगाएको छ ।

यसअघि कोटेश्वरबाट गिरफ्तार भएका अध्यक्ष चित्रकमल ओली लगायत अन्य गिरफ्तार नेता तथा कार्यकर्ताहरुको रिहाइको समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

२०७६ जेठ २० गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :