विद्यार्थीका नेता गिरफ्तार

काठमाडाैँ : नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपानेलाई प्रहरीले आज सुर्खेतबाट पक्राउ गरेको छ ।

सङ्गठनकोे काममा रहेका नेता न्यौपानेलाई किन पक्राउ गरियो भन्ने स्पष्ट पारिएको छैन । पछिल्लो समय नेकपाका नेता–कार्यकर्तामाथि विशेष निगरानी, धरपकड र पक्राउ जारी राखेको छ ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :