विद्यार्थीका नेता कठायतको घरमा प्रहरीको छापा

सुर्खेत : प्रहरीले अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला एरिया ३ इन्चार्ज भीम कठायतको घरमा प्रहरीले छापा मारेको छ । विशेष सुराकीको आधारमा त्यहाँ पुगेको हतियारधारी चारजनाको टोलीले घरमा नसोधी सिधै कोठामै छिरेर खानतलासी गरेको बताइएको छ ।

छापा मार्ने क्रममा कोठाका सामानहरु जथाभावी फ्याकिएको छ भने घरमा केटाकेटी र अविभावकलाई धम्की दिइएको छ । यता हतियारसहित प्रहरी गाउँमा छिरेर आफुहरुलाइ आतंकित पारेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । एक स्थानीयले प्रहरी गाउँमा कुनै समस्या वा घटना भएको बेला नआएको तर अनावश्यक रुपमा आउने गर्नु गलत भएको बताए ।

उनले भने, ‘यदि यस्तो हर्कत भैरहेमा हामी प्रहरीलाई गाउँ छिर्न निषेध गर्छौँ ।’

२०७५ चैत ३० गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :