विदेशीको पीडा

सांकेतिक तस्वीर : गुगल

 

 

 

 

 

 

हातमा टिकट, काँधमा झोला परेपछि थाहा हुन्छ
नेपाल छोड्ने अन्तिम तयार गरेपछि थाहा हुन्छ ।

आमाले पस्किदिएको खाना खान पनि अल्छी गर्नेलाई
भोक के अनि निद्रा के हो मुग्लान झरेपछि थाहा हुन्छ ।

नेपालको डिग्री सकाएर, सर्टिफिकेट कन्सल्टेन्सीमा बुझाएर
२०–२५ लाख ऋणको ब्याजले सीमा तरेपछि थाहा हुन्छ ।

पढ्छु अनि अघि बढ्छु भन्दै बिदेसिएको विद्यार्थीलाई
रातदिनको कामैकामले पढ्ने इच्छा मरेपछि थाहा हुन्छ ।

चट्टानजस्तै कठोर, काँडाजस्तै तिखो, कागको जस्तो स्वभावमा
माया के हो यादैयादको भुमरीले दिमाग भरेपछि थाहा हुन्छ ।

सुखले जीवनलाई भरिपूर्ण बनाउने अथाह रहरहरूलाई
अभावैअभावको खाडलमा जसोतसो दिन टरेपछि थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :