लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप, दर्जनौं सेना घाइते


काठमाडौं : भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार चीन र भारतको सीमा क्षेत्र लद्दाखमा झडप भएको हो । भारतीय सेनाले सीमा क्षेत्रमा गस्ती बढाएपछि चिनियाँ सेना पनि तैनाथ भएको थियो । भारतीय पत्रिका टाइम्स अफ इण्डियाले पनि चिनियाँ सेना र भारतीय सेनाबीच गस्तीको क्रममा झडप भएसँगै मुक्का हानाहान भएको बताएको छ । गस्तीको क्रममा चिनियाँ सेनासँग दिनभर धकेलाधकेल भएको पत्रिकाले जनाएको छ ।

भारतीय सेनाले गस्तीको नाममा सीमा क्षेत्र पार गर्न थालेपछि झडप भएको बताइएको छ । दुबै देशका सेनाबीचको मुक्का हानाहान र झडपमा परी एक दर्जन बढी सेना घाइते भएको बताइएको छ । कतिपय संचार माध्यमहरुले घाइते हुने धेरैजसो भारतीय सेना रहेको बताएका छन् ।

झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय छलफल गर्ने सहमति भएको पनि खबरमा उल्लेख छ ।

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :