रोल्पामा विद्यार्थी र दलित मोर्चाको सम्मेलन


रोल्पा : अखिल (क्रान्तिकारी) रोल्पाको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सयौँ विद्यार्थीको सहभागितामा सम्पन्न सम्मेलनले शोभाराम रानाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्ष प्रदीप कुँवर, सचिव सिजकुमार घर्तीमगर, सहसचिव लीला बाठा, कोषाध्यक्ष गोविन्द पुनलगायत सदस्यहरू चयन भएका छन् । सम्मेलनमा अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, अखिल (क्रान्तिकारी) का राप्ती ब्युरो इन्चार्ज पदमलगायतको उपस्थिति थियो । शोभाराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष प्रदीप कुँवरले गरेका थिए ।
       यसैबीच दलित मुक्ति मोर्चा रोल्पाको चौथो जिल्ला सम्मेलन पनि सम्पन्न भएको छ । सम्मेलनले पूर्णबहादुर विकको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पोखलाल विक, सचिव समुद्र परियार, सहसचिव वीरेन्द्र विक, कोषाध्यक्ष कल्पना परियारलगायत रहेका छन् ।

२०७५ माघ १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :