रोल्पाभर जनयुद्ध दिवस भव्य, थबाङी पाँच दिनसम्म जनयुद्ध उत्सव मनाउँदै


रोल्पा : नेपाल कम्युनिस्ट पार्टीले २५ औँ जनयुद्ध दिवस शानदार र भव्यतापूर्वक मनाएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी विरासत बोकेको थबाङले ५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा जनयुद्ध दिवस मनाइरहेको छ ।

फागुन १ गते आयोजित जनयुद्ध दिवस उद्घाटन कार्यक्रममा अजम्मरी सांस्कृतिक परिवारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार पूर्णबहादुर रोका ‘गोरे’ को अध्यक्षता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रवेश रोकामगर ‘छिरिङ’ को प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको नेकपा थबाङले जनाएको छ ।

जनयुद्धको उद्गम स्थल भनेर चिनिने थबाङमा प्रत्येक वर्ष जनयुद्ध दिवसका अवसरमा साताव्यापी विविध कार्यक्रम गर्ने गरिएको छ । थबाङमा यो दिवसलाई विशेष महत्वका साथ लिने गरिएको छ । सिङ्गो थबाङभरि र कार्यक्रम हुने स्थल खुल्लामञ्च टुँडिखेलमा राता झन्डा र ब्यानर सजाई खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गरी साताव्यापी कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष पनि कार्यक्रमस्थल खुलामञ्च टुँडिखेल ठूलाठूला झन्डाले राताम्य पारिएको छ । जनयुद्ध दिवसको दिन उद्घाटन कार्यक्रममा पुरुष फुटबल, महिला फुटबल, कबड्डी, ब्याडमिन्टन, घैँटा फोरलगायत विभिन्न खेलकुदलगायत कार्यक्रम ५ दिनसम्म जानकारी दिइएको थियो ।

रोल्पाका थबाङी जनसमुदायले सधैँ क्रान्तिको सन्देश प्रवाह गरिरहेका छन् । थबाङका नेता तथा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका तत्कालीन इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, रोल्पा जिल्ला कारागार, थबाङबासी हितबहादुर रोका ‘विप्लव’ र अमित घर्ती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो बैठक राजपुरबाट गिरफ्तार भएर अहिले बर्दिया कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :