रोल्पाका गाउँगाउँमा हतियारसहित प्रहरीद्वारा सर्च अप्रेसन, जनतामा फेरि युद्धको सन्त्रास

रोल्पा : केहीदिन यता रोल्पामा फेरि केपी–पिके मण्डलीको गृह प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्ने नाममा सर्च अप्रेसनलाई व्यापक बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको खबर प्राप्त भएको छ ।

त्यस्तै गंगादेव गाउँपालिका लगायत रोल्पा जिल्लाका विभिन्न ठाउँका गाउँगाउँमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरूको घरघरमा र गंगादेव गाउँपालिकाकै पाखापानीमा शिक्षकहरुलाई सोधपुछ गर्न विद्यालयमासमेत सर्च अप्रेसन गरेर विद्यार्थी र जनतामा आतंक सिर्जना गरिरहेको बताइएको छ । यसरी रोल्पा जिल्लाका विभिन्न गाउँगाउँमा, घरघरमा हतियारसहित सर्च अप्रेसन गर्दा रोल्पाका जनताहरु फेरि पनि राज्यले युद्ध थोपर्न लागेको त होइन भन्ने शंका गर्न थालिसकेका छन् ।

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :