रुसमा रकेट विस्फोट हुँदा पाँच जनाको मृत्यु, दर्जनौ घाइते


काठमाडौं : रुसमा इन्जिन परीक्षणको क्रममा रकेट विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । करिब दर्जनजति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको जनाएको छ । रकेट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सरकारी अधिकारीले सुरुमा न्योनोस्कामा रहेको परमाणु केन्द्रमा भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए । बिस्फोट भएका बेला रकेट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको थियो ।

रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको न्योनोस्कामा बिस्फोट भएको हो

२०७६ साउन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :