रुसमाथि प्रतिबन्ध लगाउने विधेयक पारीतसँगै ट्रम्प समस्यामा

अम्बिका चन्द / काठमाडौं साउन ११ : अमेरीकी संसदको तल्लो प्रतिनिधीसभामा रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने नयाँ प्रस्ताव पारित भएको छ । प्रस्तावमा रुस, इरान र उत्तरकोरियामाथि थप आर्थिक प्रतिवन्ध लगाउने विषय उल्लेख छ । प्रतिनिधि सभामा मतदान हुँदा प्रस्तावको पक्षमा ४ सय १९ ले मतदान गरेका थिए भने विपक्षमा जम्मा ३ मत परेको थियो । प्रस्तावमा हालै भएको राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरी प्रभावपार्न खोजेकोलगायतका विषय उल्लेख छ । यस विषयलाई लिएर रुसी संसद ड्युमाका एकजना सदस्यले अब दुई देश विचको सम्बन्ध निकै जटिल बन्ने प्रतिक्रिया दिएका छन् । रुससँग राम्रो सम्बन्ध बनाउन उद्दत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिनिधि सभामा यस्तो प्रस्ताव पारित भएपछि समस्यामा परेको बताइएको छ । राष्ट्रपतिले बिशेषाधिकार प्रयोग गरी उक्त प्रस्ताव फेल गर्न सक्ने छन् । तर उनले यसो गरेमा २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनमा रुसले साइवर युद्धमार्फत राजनैतिक पृष्ठ भूमिकी हिलारी क्लीन्टनलाई हराएर व्यापारिक पृष्ठ भूमिका डोनाल्ड ट्रप्पलाई चुनाव जिताएको भन्ने सर्वत्र भनाइको पुष्टि हुनेछ । त्यसैले राष्ट्रपति ट्रम्प निकै तनावमा रहेको बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :