रिहाईको खुसीमा समर्थकको नारावाजी

chandra budha magarअम्बिका चन्द/कामाडौं: जेठ २६, चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै पक्राउ गरिएका नेकपा, रुकुमका सेक्रेटरी चन्द्र बुढालगायतको टोली रिहाई हुने विक्तिकै सदरमुकाम खलंगामा समर्थकहरुले नारावाजी गरेका छन् । विहिबार रुकुम सदरमुकाम खलंगामा प्रहरी हिरासतवाट बाहिरिने वित्तिकै सयौंको संख्यामा जुटेका समर्थक, शुभचिन्तक र रिहाई हुने जिल्लाका नेताकार्यकर्ताहरुले सरकारविरोधी तथा नेकपाको पक्षमा नारा लगाउदै वजार परिक्रमा गरेका हुन् । राजनैतिक कार्यक्रम गरिरहेको वेला ४० दिन अघि चन्द्र बुढासहित १९ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । रिहाई पछि ई–रातो खबरसँग कुरा गर्दै सेक्रेटरी चन्द्र बुढाले क्रान्तिकारीहरुलाई दमनले गलाउने नभई प्रतिरोधी बनाउने कुरा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :