राहत तथा उद्दारमा जुट्दै नेकपाका नेता–कार्यकर्ता

काठमाडौं / साउन २९ : अविरल वर्षाका कारण बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ भने १७ जना बेपत्ता भएका छन् । सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७, मोरङमा ७ जना र सिन्धुलीमा ४ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् भने पनि घाइतेको संख्या दोब्बर हुन सक्ने विज्ञहरु बताउँछन् । साथै देशभरी बाढी पहिरोबाट जन धन क्षती भएको दुःखद आपतविपतमा नेकपाका, प्रवक्ता, प्रकाण्डको प्रेस विज्ञप्तिको पूर्णपाठ – देशमा तीन चार दिन अगाडिबाट भैराखेको अविरल वर्षा र त्यसले पु¥याएको क्षतिबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ –

  •  विगत केही दिनदेखि देशमा भीषण वर्षा भैराखेको छ । उक्त वर्षाका कारण बाढी, पहिरो र डुबानको समस्या आतंकपूर्ण भएको छ । बाढी, पहिरो र डुबानका कारण सुनसरी, सर्लाही, बाँके, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, दाङ, बर्दिया, बारा, मकवानपुर, पाल्पा, चितवनलगायत देशैभरी तीन दर्जन भन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् । सयौंको संख्यामा जनता र हजारौंको संख्यामा गाउँ बस्तिहरु डरलाग्दो गोखिममा छन् । ठूलो संख्यामा धनजन र भौतिक पूर्वाधारहरुको क्षति भएको छ । अतिवृष्टिका कारण ज्यान गुमाउनु हुने नेपाली ज्ञातअज्ञात नागरिकहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका आफन्तजनहरुलाई शोकलाई शक्तिमा बदल्न विशेष आग्रहसहित गहिरो समवेदना व्यक्त गर्दछ । सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारीक पीडासँग जुधिरहनु भएका जनताहरुप्रति पार्टी एक्यवद्धता जाहेर गर्दछ । जोखिममा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ  ।
  • राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहँुदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिक परिपूर्तिका निम्ति प्रति दिन र प्रति घण्टा जोखिमसँग खेल्न बाध्य हुनु परेकोछ । जनताको बास असुरक्षित एवं जोखिमपूर्ण छ, जनता भोकै, नाङ्गै बाँच्न विवश छन् । शिक्षा, स्वास्थ्य र रोजगारी एकादेशको कथा भएको छ भन्ने कुरा शासकहरुले नदेख्दा र नसुन्दा प्राकृतिक विपत्ती आउँदा अकल्पनीय धनजनको क्षति देशले बेहेर्नु पर्छ । बडो विडम्वना विकसित राष्ट्रहरु समुन्द्रमाथि बस्ती बसाउँछन्, नेपालमा जनता बसेको बस्ती डुवानमा परेर जनता मर्छन् । राज्य र शासकहरु जनताका नहुनु यसको मूल कारण हो । यसर्थ अब नेपाली जनतालाई आफ्नो राज्यसत्ता र शासन व्यवस्था रातारात चाहिन्छ ।
  • यो विपतको घडीमा पीडित जनताको उद्धार र राहतको कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई केन्द्रीय कार्यालय विशेष निर्देशन गर्दछ ।                                                                                                                                                                                                                                                                                                                                                                               २०७४ साउन २९ गते ७ : २१ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :