रातो टीका, अबिर, शुभकामना आदानप्रदान र मिठाइ वितरण गर्दै जनयुद्ध दिवस मनाइयो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाको पूर्वी कमान्डमा २५ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । विक्रान्तको अध्यक्षतामा जनयुद्ध दिवस भव्य रूपमा मनाइएको हो । उक्त कार्यक्रममा सुनिलको प्रमुख आतिथ्य रहेको थियो ।

कपिलवस्तुको पूर्वी कमान्डबाट प्राप्त जानकारीअनुसार जनयुद्धको वार्षिकोत्सवका अवसरमा रातो टीका र अबिर लगाएर शुभकामना आदानप्रदान गर्नुका साथै सहभागीहरूलाई मिठाइ वितरण गरिएको थियो ।

नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :