राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध गर्ने नारायणी व्युरोको चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले पार्टीका नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आतिस मिश्र ‘राजन’लाई केपी–बादल गृह प्रशासनले बीरगञ्जबाट विनाकारण गरिएको गिरफ्तारी र झुठा मुद्दा लगाउने प्रपञ्चको निन्दा र भत्र्सना गरेको छ । ब्युरो इन्चार्ज मिलनले भदौं २६ गते विज्ञप्ति निकाली राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध संघर्षको घोषणा गर्ने चेतावनी दिएका छन् ।

नारायणी व्युरो इन्चार्ज मिलनले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक दलाल पुँजीवादी ओली सरकारले देशमा भयानक राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टाचार र राज्य आतङ्क मच्चाइरहेको छ । त्यसैक्रममा २०७६ भदौं २६ गते विहान ९ बजे पार्टीको नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आतिस मिश्र ‘राजन’लाई बीरगञ्जबाट गिरफ्तार गरेको छ । राजनीतिक कार्यकर्तालाई विनाकारण गरिएको गिरफ्तारी र झुठा मुद्दा लगाउने प्रपञ्चको हाम्रो पार्टी निन्दा र भत्र्सना गर्दछ । कमरेड राजनको तत्काल रिहाईको मागसमेत गर्दछ । अन्यथा पार्टीले सशक्त प्रतिरोध संघर्षको घोषणा गर्नेछ र त्यसबाट उत्पन्न कुनै पनि परिणामको जवाफदेही सामाजिक दलाल फासिवादी सरकार नै हुनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :