राईलाई तत्काल रिहा नगरे कडा प्रतिरोध संघर्ष गर्ने जनकपुर व्युरोको चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज शशी राईलाई पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला बिहीबार बिहान विनाकारण सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकास्थित पिपलमाडीबाट केपी–बादल गृह प्रशासनले अमानवीय र गैरकानुनी ढङ्गलबाट अपहरणशैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा एवंम भत्र्सना गरेको छ । जनकपुर व्युरो इन्चार्ज अरुणले बिहीबार प्रेस विज्ञप्ति निकाली राईलाई गैरकानुनी ढङ्गलबाट अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल विनासर्त स–सम्मान रिहाई नगरे शसक्त प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज अरुणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा सिन्धुली जिल्ला इञ्चार्ज क. शशी राईलाई प्रहरीले गिरफ्तार गरेको छ । वहाँलाई पार्टी सङ्गठनको कामको शिलशिलामा रहेको बेला आज बिहान सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकास्थित पिपलमाडीबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको हो ।’

इन्चार्ज अरुणले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसमेतलाई अमानवीय र गैरकानुनी ढङ्गले दमन गर्ने, गिरफ्तार गर्ने, झुट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ । केपी–प्रचण्ड मण्डली सरकारको यसप्रकारको गैर राजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । दमन, गिरफ्तार, झुट्टा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै विनासर्त स–सम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा त्यस विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत् गराउँदछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :