रसिया विश्वकप पेनाल्टीमा कीर्तिमान बन्यो / रोनाल्डोको पेनाल्टी – क्लबमा मात्रै उत्कृष्ट

काठमाडौं : रसिया विश्वकपमा पेनाल्टीको कीर्तिमान बनेको छ । विश्वकप इतिहासमा अहिलेसम्म एकै विश्वकपमा १८ पटक पेनाल्टी भएका थिए । जारी विश्वकपमा भने समूह चरणका खेल नसिकिँदै २० वटा पेनाल्टी भइसके ।

विश्वकपमा अहिलेसम्म धेरै पेनाल्टी भएको सन् १९९८ मा हो । जतिबेला १८ पेनाल्टी भएको थियो । यस्तै सन् १९९० र सन् २००२ को विश्वकपमा पनि १८ पटक नै पेनाल्टी प्रहार भएको थियो ।

यसपटक विश्वकपमा प्रहार भएका २० पेनाल्टीमा १५ वटा गोलमा परिणत भएका छन् ।

आइसल्याण्डविरुद्ध अर्जेन्टिनाका लियोनल मेस्सी, डेनमार्कविरुद्ध पेरुका क्रिष्टियन क्युभा, नाइजेरियाविरुद्ध आइसल्याण्डका गिल्फी सिगुडसन, इजिप्टविरुद्ध साउदी अरेबियाका फहाद अल मुवाल्लाद र इरानविरुद्ध पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोनाल्डोको पेनाल्टी – क्लबमा मात्रै उत्कृष्ट

विश्वकपको समूह ‘बी’ बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेका छन् । यसले अन्तिम १६ को खेलमा स्पेनले रसिया र पोर्चुगलले उरुग्वे प्रतिस्पर्धी पाएका छन् ।

एक अर्थमा उरुग्वेको तुलनामा रसियालाई कमजोर मानेर समूह ‘बी’ मा विजेता बन्ने होड थियो । रोमाञ्चक खेलमा स्पेनले मोरक्कोसँग दुईरदुई गोलको बराबरी खेल्यो । यता क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल इरानसँग एकरएक को बराबरीमा रोकियो ।
पोर्चुगलले विश्वकपमा समूह चरण पार गरेको यो चौथो पटक हो । यसअघि सन् १९६६, २००६ र २०१० मा पोर्चुगलले समूह चरण पार गरेको थियो ।

इरानसँगको खेलमा दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) मार्फत पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले हानेको पेनाल्टी इरानका गोलकिपर अलीरेजाले सुन्दर बचाउ गरे ।

रोनाल्डोले विश्वकपमा इरानविरुद्ध पेनाल्टी प्रहार गरेको यो पहिलो पटक भने होइन । यसअघि रोनाल्डो सन् २००६ को विश्वकपमा पनि इरानसँगको खेलमा पेनाल्टी प्रहार गरेका थिए । जसमा उनले गोल गरेका थिए ।

त्यहीबेला रोनाल्डोले इरानविरुद्ध गरेको गोल नै विश्वकपमा उनको पहिलो गोल थियो । जतिबेला पोर्चुगलले इरानलाई २(० ले हराएको थियो ।

पोर्चुगलबाट खेलेका मुख्य प्रतिस्पर्धामा रोनाल्डोको पेनाल्टी सफल हुने प्रतिशत ५० छ । रोनाल्डोले पोर्चुगलबाट मुख्य प्रतिस्पर्धामा चार पटक पेनाल्टी प्रहार गरेका छन् । जसमा दुई पटक गोल गरेका छन् भने दुई पटक गोल गर्न सकेका छैनन् ।

रोनाल्डोले सन् २००६ को विश्वकपमा इरान तथा यो विश्वकपमा स्पेनसँगको खेलमा पेनाल्टीमा गोल गरेका हुन् ।

रोनाल्डोले सन् २०१६ को युरोकप फुटबलमा अस्ट्रियासँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेका थिएननन् । यस्तै विश्वकपमा सोमबार राति इरानसँगको खेलमा पनि उनी पेनाल्टीमा गोल गर्नबाट चुके ।

राष्ट्रिय टिमबाट भन्दा क्लबबाट उनको पेनाल्टी रकेर्ड राम्रो छ । जसमा इंग्लिस प्रिमियर लिगमा १३ पेनाल्टी हानेकामा उनले ११ पटक गोल गरेका छन् । स्पेनिस ला लिगामा ७१ पेनाल्टी हानेकामा ६१ पटक गोल गरेका छन् ।

यस्तै उनले च्याम्पियन्स लिगमा १६ पेनाल्टी हानेकामा १४ पटक गोल गरेका छन् ।

२०७५ असार १२ गते मंगलबार अपरान्ह ३ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :