युवा संगठन, नेपाल सिरहाको प्रथम भेला सम्पन्न, अध्यक्षमा यादव चयन


सिरहा : युवा संगठन, नेपाल सिरहा जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जेठ २१ गते सिरहा जिल्लाको मिरचैया नगरपालिका ९ स्थित एक गाउँमा भएको भेलाले महेशकुमार यादवको नेतृत्वमा १५ दस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण प्रमुख, नेकपा सिरहाका इन्चार्ज अमर क्षेत्री विशेष आतिथि रहेका थिए । प्रमुख अतिथि लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन व्यक्त गरेका थिए । उक्त भेलाको अध्यक्षता गणेश, सञ्चालन भकतकुमार कार्की, स्वागत मन्तव्य श्याम यादवले गरेका थिए ।

२०७६ जेठ २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :