युवा संगठनद्वारा केन्द्रीय सदस्य शंकरलाई निस्काशन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले केन्द्रीय सदस्य शंकरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । कार्यवाहक अध्यक्ष दिनेशले बुधबार प्रेस विज्ञप्ति निकाली संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक विचलन देखिएको भन्दै पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारण संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्काशन गरेका छन् ।

कार्यवाहक अध्यक्ष दिनेशले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल स्थापनाकालदेखि सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा मालेमावादी सिद्धान्त, आदर्शमा चल्दै आएको सुस्पष्ट युवा संगठन हो । नेपाली विशेषतामा चलिरहेको एकीकृत जनक्रान्तिमा संगठन लामबद्ध छ । मक्किएको दलाल संसदीय व्यवस्थाले मलजल गरिरहेका भ्रष्टाचार, राष्ट्रघात, जनघात, मानव व्यापार, कालोबजारी, लागू औसत र देहव्यापारका विरुद्ध संगठन लडिरहेको छ । दलाल संसदीय व्यवस्थालाई मिल्काएर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नु युवा संगठनको दायित्व हो ।’

का.वा. अध्यक्ष दिनेशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘संगठन कम्युनिस्ट आर्थिक दृष्टिकोणमा प्रतिबद्ध छ । यसै सन्दर्भमा संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक विचलन, सांस्कृतिक विचलन देखिएको, पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारणले आजैको मिति २०७६ पौष २३ गतेदेखि संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गरिएको प्रेस विज्ञप्तिमार्फत संगठन आम युवा, जनसमुदायमा जानकारी गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :