युवाहरूको भ्रष्टाचारविरोधी अभियानबाट सरकार डरायो

काठमाडौँ  : नेकपा निकट युवा सब्गठनका केन्द्रीय सदस्य जाहेर राइन र उक्त सब्गठनका जनकपुर इन्चार्ज राजनलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै युवा सब्गठनले बिनासर्त रिहाइको माग गरेको छ । सब्गठनका केन्द्रीय अध्यक्ष पाटन जब्गलीले मब्गलबार प्रेसविज्ञप्ति जारी गर्दै कथित बादल गृह प्रशासनले नेपाली जनतामाथिको धरपकड र ज्यादतीलाई शृङ्खलाबद्ध ढब्गले व्यापक गर्दै लग्ने क्रममा आफ्नो सब्गठनका नेताहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् । 

युवाका अध्यक्ष जब्गलीको विज्ञप्तिमा आफ्नो सब्गठनले न्याय, समानता र स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान र आन्दोलनबाट अत्तालिएर सरकारले कथित प्रतिबन्धका नाममा नेपाली जनतामाथि चरम दमन गर्दै आइरहेको उल्लेख गरिएको छ । युवाहरूले देशैभर सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनबाट अत्तालिएका कारण सरकारले बिनाकारण आफ्ना नेता– कार्यकर्तालाई पक्राउ गरेको भन्दै उनीहरूको बिनासर्त रिहाइको माग गरिएको छ ।

विज्ञप्तिकाे पूर्णपाठ-

२०७६ असार ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :