मोर्चाले तेस्रो ऐतिहासिक महाधिवेशन तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

काठमाडौं / साउन १० :  नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले तेस्रो ऐतिहासिक महाधिवेशन तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । “परिवर्तनको लागि वैज्ञानिक समाजवादको संसार ! प्रवासी मजदुरहरू एकीकृत जनक्रान्तिको आधार !!’ भन्ने मुल नाराका साथ मोर्चाको आसन्न महाधिवेशन मुसलमानहरुको दोस्रो ठूलो पर्व बकर ईदको बिदाको अवसरमा सेप्टेम्बर १ र २ तारिक दिन साउदी अरबको पुर्वी क्षेत्र दमाम शहरमा उक्त कार्यक्रम हुनेछ । महाधिवेशन मुल आयोजक समिति मोर्चाका संयोजक मानबहादुर सहकारीको अध्यक्षतामा २५ सदस्यीय समिति चयन भएको र जस अन्तर्गत विभिन्न उपसमिति र बिभागहरु तोकि जिम्मेवारी बाँडफाँड गरिएकोछ । विभागहरुमा १) आर्थिक बिभाग मोर्चाका सहसम्योजक युवराज कार्कीको नेतृत्वमा गोपिराम जैसी, जितेन्द्र वर्देवा र श्याम गिरि, २) सूचना तथा प्रचारप्रसार विभाग (केन्द्रीय सल्लाहकार एवम् मोर्चाका विशेष अभियान्ता कमरेड भानु प्रदेशीको नेतृत्वमा बिपिन शर्मा निरौला, जयराज विक, नन्दकिशोर केसी र बिष्णुबहादुर राउत, ३) खेलकुद तथा समन्वय विभाग मोर्चाका सम्योजक तथा महाधिवेशन आयोजक मुल समितिका सम्योजक कमरेड मानबहादुर सहकारीको नेतृत्वमा बिपिन घिमिरे, कसम मगर र रामजी राई र ४) व्यावस्थापन विभाग महाधिवेशन तथा खुल्ला भलिबल प्रतियोगिता दमाम शहरमा हुने भएकोले त्यहाँ रहनु भएका भानु प्रदेशीको नेतृत्वमा बिपिन शर्मा निरौला, बिष्णुबहादुर राउत, नन्दकिशोर केसी, जयराज विक, राम थापा, मिनेन्द्र मगर र उपेन्द्र राई छन् । महाधिवेशन उद्घाटन सत्र तथा खुल्ला भलिबल प्रतियोगिताको प्रमुख अतिथिमा नेपाली दूतावासका महामहिम राजदूत प्रा. डा.महेन्द्र सिंह राजपुत रहनु हुनेछ भने आमन्त्रितहरुमा पुर्व का.वा. राजदुत तथा उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, एनआरएनए प्रतिनिधिहरु सहभागी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :