मोरङमा यात्रुवाहक साधन दुर्घटना / १ को मृत्य, ६ जनाको अवस्था गम्भीर

काठमाडौं / साउन ३१ :  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–१०,स्थित जिरिखिम्तीे डास खोलामा बसले मोटरसाइकललाई ठक्कर दिंदा अनियन्त्रित भई यात्रुवाहक साधन पल्टिंदा १ बालकको घटना स्थलमै मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । मे ३ प ६७५५ नं. को मोटरसाइकललाई ठक्कर दिई को १ ख २७५२ नं. को बुद्ध यातायात पथरीशनिश्चरे १० जिरिखिम्तीको डास खोलामा पल्टिंदा सो दुर्घटना भएको हो । घाइते ४ जनालाई धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र अन्यलाई पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ साउन ३१ गते १० ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :