मेची ब्युरोको चेतावनी, रिहा नगरिए कडा संघर्ष गर्ने

बिर्तामोड : चैत २० गते पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका इलाम जिल्ला सेक्रेटरी दिपेन राई र मेची ब्युरो सदस्य होम खतिवडालाई बिनासर्त तुरुन्त रिहा गर्न नेकपा मेची ब्युरोले विज्ञप्तिमार्फत कडा चेतावनी दिएको छ । चैत २१ गते मेची ब्युरो कार्यालयको तर्फबाट एक विज्ञप्ति जारी गर्दै तारा थापाले पार्टी काममै रहेका आफ्ना दुई नेताहरुलाई अपहरण शैलीमा प्रहरीले गरेको गिरफ्तारीको भत्सर्ना एवं निन्दा गरेका छन् । साथै उनले विज्ञप्तिमार्फत प्रहरीहरुलाई केपी प्रचण्डको कार्यकर्ता जस्तो बनेर मनलाग्दी जथाभावी धरपकड नगर्न चेतावनी पनि दिएका छन् । गिरफ्तार आफ्ना ब्युरो सदस्यहरुलाई रिहा नगरे संघर्ष गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएका छन् । मेची ब्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सचिब दिपेनलाई चैत २० गते बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अवस्थामा गिरफ्तार गरेको थियो ।

२०७५ चैत २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :