मेची–कोशीका १० जिल्लामा नेकपाको प्रदर्शन, सडकमा आउन जनतालाई अपिल

काठमाडौं : चौतर्फी आलोचित र विवादित बन्दै गएको केपी नेतृत्वको सरकारले नेकपामाथि तिव्र दमन गर्न थालेपछि सोही बिषयलाई लिएर चौतर्फी आलोचना भैरहेको छ । संखुवासभा जिल्लामा पार्टीको संगठन पार्टीकै काममा लागिरहेका बेला पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेपछि नेकपाले चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको थियो ।

यस्तै सोही पार्टीका प्रवक्ता प्रकाण्डले सरकारी फासिवादी दमनको प्रतिरोध गर्ने चेतावनी दिएसँगै यतिबेला नेकपा सडकमा निस्किएको छ ।
सोही क्रममा नेकपाले मेची–कोशीका १० जिल्लामा जनप्रदर्शन गरेको छ । नेकपाले मेची–कोशीमा सुनसरीका २ स्थान, मोरङ्गका २ स्थान, ताप्लेजुङ १ स्थान, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, दक्षिण इलाम र उत्तरी मोरङ्ग गरेर जम्मा ११ स्थानमा पार्टीका कार्यकर्ता, शुभचिन्तक, समर्थकसहित जनताको ठुलो पंक्ति सडकमा निस्किएर जनप्रदर्शन गरेको छ । दमन गरेर जनताको सही मागलाई दबाउन नसकिने बरु अझ प्रज्वलित भएर दन्किने प्रदर्शनको क्रममा नेकपाका नेता कार्यकर्ताले चेतावनी दिएका छन् ।

लगातार पार्टीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर हत्यासम्म गर्न थालेको, सरकार विस्तारै घाटमा पुगेको मोरङ्ग सेक्रेटरी आभाषले बताए । सरकारले दमन गर्छ, हत्या गर्छ, बाहिर निस्कन हुन्न भन्दै डराएर बस्दा दलालहरुले यो देश नै बेचेर खाने खतरा बढेको हुनाले अब सडकमा आउन सबै जनतालाई नेकपाले अपिल गरेको छ । यस्तै झापामा भने शुक्रबार पुनः मसाल जुलुस सम्पन्न भएको छ । यस्तै कनकाई नगरपालिकामा पनि मशाल जुलुस सम्पन्न भएको छ । कोणसभामा सरकारी दमनप्रति कडा विरोध जनाउँदै नेकपा झापाका नेता कार्यकर्ताहरुले चर्काे नारावाजी गरेका थिए ।

२०७६ असार २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :