मुख्यमन्त्रीलाई लक्षितगरि बम विस्फोट

फाइल : तस्वीर

कालीकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरि नेकपाका कार्यकर्ताले पुनः बम विस्फोट गराएका छन् । यस अघिदेखि पनि उनलाई लक्षित गर्दै बम बिस्फोट गराउदै आएका उक्त पार्टीले पुनः दुईवटा बम विस्फोट गराएका छन् । गृह जिल्ला कालीकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहीबार रास्कोटमा बम बिस्फोट गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख डीएसपी विनोद शर्माले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराएको बताएका छन् । उनका अनुसार बुधबार बेलुका पचालझरना गाउँपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरिरहेका बेला कार्यक्रम स्थलबाट ५ किलोमिटर टाढा दुईवटा बम विस्फोट भएका थिए ।

त्यसैगरी बिहीबार बिहान १० बजे रास्कोट नगरपालिकाको मौलाकोटमा पनि दुई बटा बम विस्फोट गराएको डिएस्पी शर्माले बताए । नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाहीसहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधारइलाका प्रवेश गरेकाले सांकेतिक रुपमा प्रतिरोध गरिएको बताए ।

‘अहिले संसदीय दलाल राज्य सत्ता र नेकपाको जनसत्ता बीचको लडाईं चलिरहेको छ ।’ एैडीने भने–‘हामीले प्रतिबन्ध लगाएको सत्ताका मान्छेहरु आउँदा सांकेतिकरुपमा बम विस्फोट गराएर विरोध जनाएका हौं ।’ अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिविधि बढाए शशक्त प्रतिकार गर्ने उनले चेतावनी दिए ।

सरकारका मान्छे जनताका आवश्यकता पूरा गर्न, जनताका पीडा बुझ्न भन्दापनि फूलमाला र अबिर लगाउन आएकाले आफूहरुले विरोध गरेको उनले दाबी गरे ।

२०७६ साउन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :