मानव अधिकार आयोगका सुरक्षा गार्डलाई मध्यरातमा हातपातको प्रयास

प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार


नेपालगन्ज : प्रहरीद्वारा पुनः पक्राउ पर्ने आशंकामा बैशाख ८ गते नेकपाका एक कार्यकर्ता राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् । जिल्ला अदालत बाँकेबाट मानवअधिकार अनुगमन टोलीको निगरानीमा साधारण तारेखमा छुटेका दानबहादुर फडेरा आयोग पुगेका हुन् ।
प्रहरीले पुनः पक्राउ गर्ने आशंकामा फडेरा आयोगको कार्यालय पुगेका हुन् । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले फडेरा आयोगमै रहेको बताएका छन् । ‘उहाँ प्रहरीप्रति आशंकित भई आयोग आउनु भएको हो’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौं ।

फडेरा अहिलेसम्म आयोगको कार्यालयमा नै हुनुहुन्छ उहाँले बाहिर असुरक्षित अनुभुति गरेपछि हामीले कार्यलयमा नै राखेका छौं । आयोगका एक अधिकारीले भने, साथै प्रहरीले राति १०:३० बजे आयोग कार्यालय पुगि सुरक्षा गार्डलाई ढोका खोल भन्दै दुर्ववहार गरेका छन् ।

२०७६ वैशाख ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :