माओवादी नेता अधिकारीप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)


काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को असामयिक निधनप्रति नेकपाका महासचिव विप्लवले शोक व्यक्त गर्दै मृतक अधिकारीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । श्रद्धाञ्जली तथा समवेदना वक्तव्यमार्फत महासचिव विप्लवले श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको पनि उल्लेख गरेका छन् ।

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘२०१२ सालमा गोरखामा जन्मिएर २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील, इमानदार तथा निष्ठावान् नेता नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी कमरेड श्यामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकसन्तप्त अधिकारी परिवार तथा पार्टी पङ्क्तिमा गहिरो समवेदना प्रकट गर्दछ ।’

माओवादी नेता श्यामको विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा आइतबार बेलुका निधन भएको हो । नेता अधिकारीका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

विसंं २०१२ सालमा गोरखामा जन्मिएका नेता अधिकारी २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील थिए । उनी कम्युनिस्ट आन्दोलनका इमानदार र निष्ठावान् नेता मानिन्छन् । विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :