माओवादीको विद्युतीय धरापमा परी १७ सुरक्षाकर्मीको मृत्यु


काठमाडौं : भारतीय माओवादीको हमलामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतीय संचार माध्यमहरुका अनुसार बैशाख १८ गते मजदूर दिवसका दिन भारतीय माओवादीले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी बिस्फोट गराएका थिए । दिउँसो लगभग १२ः४५ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ ।

राजमार्गमा थापिएको विद्युतीय धरापमा सुरक्षाकर्मी परेका थिए । १६ जनाको घटनास्थमलमै मृत्यु भएको थियो । एक जना उपचारको क्रममा गरी १७ सुरक्षाकर्मीको मृत्यु भएको थियो भने विद्युतीय धरापमा परी एक दर्जन घाइते भएका थिए । बिस्फोटपछि दोहोरो गोली हानाहान भएको थियो भने माओवादीको कुनै क्षति नभएको बताइएको छ । केही सुरक्षाकर्मीको अवस्था अझै चिन्ताजनक भएकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भारतमा भइरहेको लोकसभाको चुनाव बहिस्कारमा रहेको माओवादीले यसअघि पनि उडिसालगायत क्षेत्रमा सुरक्षाकर्मीमाथि हमला गरेका थिए ।

२०७६ वैशाख १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :