महोत्तरी जिल्ला इन्चार्ज कार्की गिरफ्तार, नेकपाद्वारा तत्काल रिहा गर्न माग


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला इन्चार्ज रुपेश कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई प्रहरीले आइतबार साँझ बर्दिबासबाट गिरफ्तार गरेको थियो । सोमबार जनकपुर ब्यूरोले एक विज्ञप्ति जारी गरेर कार्कीको गिरफ्तारीको भत्र्सना गर्दै रिहाईको माग गरेको छ । ब्यूरो इन्चार्ज अरुणले पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेर झुठ्ठा मुद्दामा फसाउने गरेको बताएका छन् । उनले दमन, हत्या र झुठ्ठा मुद्दाले मुक्ति आन्दोलन नरोकिने बताए ।

व्युरो इन्चार्ज अरुणको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फासिवादी हर्कतलाई बढाउँदै लगेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई अमानवीय र गैरकानुनी ढङ्गले दमनगर्ने, गिरफ्तार गर्ने, झुट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ । केपी–प्रचण्ड मण्डली सरकारको यसप्रकारको गैरराजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । दमन, गिरफ्तार, झुट्टा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै विनासर्त स–सम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

विज्ञप्तिमार्फत अरुणले दमन र गिरफ्तार जारी रहे प्रतिरोध संघर्षको घोषणा गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने चेतावनीसमेत दिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ भदौ १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :