महेन्द्र राजमार्ग सडक अवरोधलाई एक हप्ताभित्र हटाउन जनसत्ताद्वारा चेतावनी

कपिलवस्तु : समानान्तर सत्ताको अभ्यास गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनपरिषद् नेपाल कपिलवस्तुको प्रमुख सोमै थारुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्य जनताप्रति उत्तरदायी नभएको कारण जनपरिषदले जनतालाई निर्वाध रुपले आवागमन गर्ने बातावरण मिलाउन अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिए छ, ‘दलाल पुँजीपति वर्गको सत्तामा जनतालाई अधिकार दिने भन्ने कुर हुँदैन बरु पुँजीपतिवर्गको मात्र हामी मुहालीको ग्यारेन्टी गरिएको हुन्छ । त्यसैले जनताले राज्यप्रति इमान्दार र वफादारीतापूर्ण भुमिका निभाउनु पर्ने तर, राज्यले भने जनताको सुख दुःखमा सिन्कोभर चिन्ता र जिम्मेवारी लिन नपर्ने देशमा हामी बाँचीरहेका छौं । सुविधाकालागि जनतालाई ढाड सेकुञ्जेल कर लिने त्यसैले पनि नपुगेर तस्करी र भ्रष्टाचारमा लिप्त रही जनघात र राष्ट्रघात गर्दै राज्यको सम्पत्ति दोहनमा दिन दुगुणा र रात चौगुणाको दरले लागिरहेका छन् । त्यसै क्रमको एक घटना, महेन्द्र राजमार्गमा सडक नै छेकेर गिट्टी, ढुङ्गा, बालुवा थुपार्ने, ठुला सवारी साधन पार्किङ गर्ने र बनाउने लगायतका कार्यप्रति हाम्रो क्रान्तिकारी जनसत्ता, जिल्ला जनपरिषद् कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको छ । अव उप्रान्त वयासी सिमाभित्रबाट ति सम्पूर्ण विषयहरु हटाई एक हप्ताभित्र जनतालाई निर्वाध रुपले आवागमन सुचाररु गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै अटेर गरे जनपरिषद्को नियम अनुसार कार्वाही हुने कुरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

जनप्रतिनिधिको नाममा राज्यको सम्पत्ति दोहन गर्ने, जनताको ढाड सेकुन्जेल कर लिने, भ्रष्टाचारमा लिप्न हुने तर जनसरोकारमा ध्यान नदिएको बताएको छ । जिल्ला जनपरिषद् नेपाल, कपिलवस्तुले महेन्द्र राजमार्गमा सडक नै अवरोध हुने गरी गिट्टी, बालुवा, ढुंगा, ठूला सवारी साधन पार्किङ गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एक हप्ताभित्र हटाउन चेतावनीसमेत विज्ञप्तिमार्फत दिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :