महानगरभित्रै पार्टी पुनर्गठन दिवस सम्पन्न


चितवन : नेपाल कम्युनिस्ट पार्टीले छैटौँ पार्टी पुनर्गठन दिवस देशैभरि भव्य रूपमा मनाइरहँदा चितवन जिल्लामा पनि पुनर्गठन दिवस मनाइएको छ । भरतपुर महानगरपालिकाभित्रै कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता जगदीश शर्मा, प्रमुख अतिथि जिल्ला इन्चार्ज शार्दूल, अतिथि जिल्ला सेक्रेटरी विजय शर्मा र जिल्ला सदस्य दोर्जे लामा रहेका थिए । नेता–कार्यकर्ता, पार्टी समर्थक, शुभचिन्तक र आमजनताको सक्रिय सहभागितामा पुनर्गठन दिवस मनाइएको हो ।

चितवन मेडिकल कलेजमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेकोमा पार्टीको साथ र समर्थन रहने पनि कार्यक्रममा सहभागी नेताहरुले बताएका थिए ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :