मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) ले मनायो जनयुद्ध दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) ले धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ७ मा २५ औँ जनयुद्ध दिवस भव्य रूपले मनाएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायणले नेपाली जनताको राज्यसत्ता वैज्ञानिक समाजवाद– साम्यवादका निम्ति २०५२ साल फागुन १ गते जनसत्ता, जनअदालत, जनमुक्ति सेना, जनमिलिसिया गठनको उद्घोषसँगै भीषण सङ्घर्षमार्फत जनताको दुस्मन राजतन्त्र, दलाल संसदीय व्यवस्थाका मतियार नेपाली काङ्ग्रेस र एमालेका विरुद्ध जनयुद्ध थालनी गरेको स्मरण गराए ।

राजतन्त्रको अन्त्य र दलाल संसदीय व्यवस्थाको अन्त्य हुने बेलामा साम्राज्यवादीका सामु मूल नेतृत्वले आत्मसमर्पण र विसर्जनवादी नीति लिएका कारण जनताको मुक्तिका लागि नेकपाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना र दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न अघि बढिरहेको उनले प्रस्ट पारे । मोर्चाले दिएको जानकारीअनुसार उक्त कार्यक्रमको सञ्चालन सन्तोष मण्डलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :